थारू साहित्य तथा सांस्कृतिक महोत्सवका रूपमा टीकापुर साहित्य महोत्सव आयोजना हुँदै

टीकापुर- टीकापुर साहित्य समाजको आयोजनामा टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण यस वर्ष थारू साहित्य तथा सांस्कृतिक महोत्सवका रूपमा मनाइने भएको छ। महोत्सव चैत १३ देखि १५ गतेसम्म टीकापुरमा सञ्चालन हुनेछ।

Ganyapdhura gau

२०७९ सालमा स्थापना भएको टीकापुर साहित्य समाजले पहिलो संस्करण ‘साहित्यमार्फत सामाजिक सदभाव’ नारासहित आयोजना गरेको थियो भने २०८१ सालमा सम्पन्न दोस्रो संस्करणलाई पहलमानसिंह स्वाँर विशेष संस्करण नाम दिइएको थियो।

Navadurga sun
Godawari sandesh

महोत्सव संयोजक तथा समाजका अध्यक्ष महेशविक्रम शाहका अनुसार तेस्रो संस्करणलाई अझ परिस्कृत गर्दै थारू भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष रूपमा आयोजना गर्न लागिएको हो। यसमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङका साहित्यकारहरूको सहभागिता रहनेछ।

Dadeldhura hospital

चैत १३ र १४ गते हुने बहस सत्रमा राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, सञ्चारकर्मी तथा अभियन्ताहरूको सहभागिता रहनेछ। ती सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, प्राध्यापक डा. माधवप्रसाद पोखरेल, साहित्यकार सरुभक्त तथा रङ्गकर्मी निर शाहलगायतका व्यक्तित्वले विचार राख्नेछन्।

दोस्रो दिन महिला लेखन, केन्द्रिकृत लेखन तथा सुदूरपश्चिमको यथार्थका विषयमा संवाद हुनेछ। उक्त सत्रमा रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी र लक्की चौधरी सहभागी हुनेछन् भने सहजीकरण जनक रसिकले गर्नेछन्। साथै सुदूरपश्चिमको पर्यटन र मृत्यू चिन्तन जस्ता विषयमा पनि छलफल गरिनेछ।

महोत्सवको तेस्रो दिन थारू साहित्य र संस्कृतिसँग सम्बन्धित सात वटा विशेष सत्र सञ्चालन हुनेछन्। ती सत्रहरूमा थारू समाजका परम्परा, चाडपर्व, लोकसाहित्य, पहिचान, किसान जीवन र महिला उद्यमशीलताका विषयमा छलफल हुनेछ।

अध्यक्ष शाहका अनुसार महोत्सवले स्थानीय संस्कृतिको प्रवर्द्धन गर्नुका साथै स्थानलाई राष्ट्रिय स्तरमा चिनाउन र राष्ट्रिय व्यक्तित्वहरूलाई स्थानीय परिवेशसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।

Couple
Loading...