ट्यांकरको ठक्करबाट ३ जनाको मृत्यु
बारा, ३० असोज- बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ ।




कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो।


मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।




