डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएस कक्षा सञ्चालन तयारी अन्तिम चरणमा

डडेल्धुरा- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने डडेल्धुरा मेडिकल कलेजले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

डडेल्धुरा अस्पताल लाई हालको १०० शैय्याबाट ३०० शैय्यामा स्तरोन्नति गर्ने प्रक्रिया पूरा हुने बित्तिकै कक्षा सञ्चालनको अनुमति प्राप्त हुने बताइएको छ।

Navadurga sun

कलेजमा हाल बीएमएलटी, बीएससी नर्सिङ र बीपीएच कार्यक्रम सञ्चालनमा छन्, जसमा ७६ जना विद्यार्थी अध्ययनरत छन्। एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनको काम भइरहेको छ।

अस्पताल स्तरोन्नतिका लागि आवश्यक कागजात स्वास्थ्य मन्त्रालयमा पेश भइसकेको र मन्त्रिपरिषदबाट छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ। साथै, कलेज सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणको काम पनि अघि बढाइएको छ। सम्बन्धित निकायले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...