गुल्मीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ६ जना घाइते

गुल्मी, २९ असाेज– गए राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

Dadeldhura hospital

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका–२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनीहरूको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा परी घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने १ जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ।सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो । (रासस)

Loading...