डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जना घाइते, एक जनाको अवस्था गम्भीर

डोटी- डोटीमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बिहान अन्दाजी ४ बजेको समयमा जोरायल गाउँपालिका २ रुवसकाँडा नजिकै भिमदत्त राजमार्गमा धनगढीबाट डडेल्धुरा तर्फ जाँदै गरेको से १ क १५८९ नं. को मिनिट्रक घुम्तीमा अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका २ बस्ने बर्ष अन्दाजी २२/२३ को रोहित खडायत, बर्ष २० को मुकेश खडायत र बर्ष २२ को अनुप खडायत रहेका छन् ।

टाउको र शरिरको विभिन्न भागमा चोट लागेका चालक रोहित खडायतको अवस्था गम्भीर रहेकोे जनाइएको छ ।
त्यस्तै मुकेशको टाउको, दुवै खुट्टा र छातीमा चोट रहेको र अनुप खडायतको टाउको र दुवै खुट्टामा चोट लागेको बताइएको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा पुगी घाईतेहरुको उद्दार गरी उपचारको लागी धनगढी कैलाली पठाएको प्रहरीले जनाएको छ । मिनिट्रक सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको थियो ।

Loading...