एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार जरिबाना

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन । निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

Dadeldhura hospital

निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । आचारसंहितामा प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ।

सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।

Loading...