धनगढी उपमहानगरपालिकाबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु

धनगढी- उपमहानगरपालिकाले पहिलो पटक भूमि प्रशासनसम्बन्धी सरकारी सेवा प्रवाह सुरु गरेको छ। छुट्टै भूमि व्यवस्थापन शाखा स्थापना गरी चालु आर्थिक वर्षदेखि नापनक्सा, जग्गा लिखत पास तथा राजस्व सङ्कलनलगायतका सेवा सञ्चालनमा ल्याइएको हो।

उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख भुवन शाहीका अनुसार यसअघि भूमि सुधार, मालपोत र नापी कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू अब उपमहानगरपालिकाको भूमि व्यवस्थापन शाखाबाटै नियमित रूपमा उपलब्ध भइरहेका छन्।

Navadurga sun

यससँगै सुदूरपश्चिम प्रदेशमा भूमि प्रशासनसम्बन्धी सेवा आफैँ सञ्चालन गर्ने धनगढी उपमहानगरपालिका पहिलो तथा हालसम्मको एकमात्र स्थानीय तह बनेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...