कञ्चनपुर भीमदत्त नगरपालिका वडा अध्यक्षले तलवको पैसा बाँडे बृद्धबृद्धालाई

कञ्चनपुर, २५ असाेज– दशैं तिहार, छठ जस्ता चाडपर्वले गाउँ–शहरमा नयाँ चहलपहल ल्याउँछ, भेटघाटको माहोल बनाउँछ । पारिवारिक बाहेक पनि साथीभाइ, आफन्त बीचमा भेटघाट हुने नै भयो । त्यसमा थपिन्छन् सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधि पनि । तबर कञ्चनपुरमा भने केही फरक देखिन्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका बडा नं। १ का अध्यक्ष आसेफ कुवर भुन्टुले बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दशै तिहारको पूर्व सन्ध्यामा रकम बितरण गरेका छन् ।

Navadurga sun
Godawari sandesh

स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ता बापत प्राप्त रकम कञ्चनपुरका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने भनि प्रचार गरेका वडा अध्यक्षले तलब भत्ता बापत प्राप्त भएको रकम बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् ।

Dadeldhura hospital

भीमदत्त नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष आसेफ कुँवर ९भुन्टु०ले तलब भत्ता बापत प्राप्त भएको दुई बर्षमा पाएको ३ लाख ९२ हजार रुपैंया वडामा रहेका १४२ जना बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका छन् । ‘जनप्रतिनिधि भए पछि आफुले पाउदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ ।’ वडा अध्यक्ष कुँवरले भने ।

नेपाली काँग्रेसबाट निर्वार्चित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिबिहीन र विपन्न परिवारलाई वितरण गरेका थिए ।

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कवुँरले ३ हजारका दरले रकम बाँडेका हुन् । स्थानीय तह निर्वाचनको बेला आफूले पाउने तलब वडाका बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका कुँवरले आफू कमाउनका लागि नभई जनताको सेवा गर्न आएको बताए । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु ।’

जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरुप दिएको हुँ ।’ उनले जेष्ठ नागरिकलाई कार्यकाल भरीको रकम आफू समाजमै परोपकारी काममा दिने बताए । वडा अध्यक्ष कुवँरले जनप्रतिनिधीहरुले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्फ गर्नुभयो । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं ।’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’

वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ । ‘असाहय असक्त जेष्ठ नागरिकहरु मेरा अभिभावक हुन उहाँहरुकै आर्शिवादले म राजनीतिमा अघि बढ्नेछु ।’ वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकहरुमा खुसीयाली छाएको छ ।

Loading...