धनगढीमा राससको ६५ औं वार्षिकोत्सव अन्तरक्रिया सम्पन्न

धनगढी- राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं वार्षिकोत्सवको अवसरमा धनगढीमा भएको अन्तरक्रियामा पत्रकारिता व्यावसायिक, विश्वसनीय र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिइएको छ। सहभागी वक्ताहरूले राससलाई समयानुकूल सुधार गर्दै मल्टिमिडिया सेवामा रूपान्तरण गर्नुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारितालाई राज्यको चौथो अंग ठहराउँदै जनताको आवाज सुनाउने र सुशासन प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका भएको बताए। उनले प्रदेश सरकारले दर्ता गरेको ‘आम सञ्चार विधेयक’ र रासस भवन निर्माण तथा पत्रकार वृत्तिविकासका लागि स्थापना हुने २५ लाख रुपैयाँको अक्षय कोषको जानकारी पनि दिएका छन्।

Navadurga sun

पत्रकारहरूले सामाजिक सञ्जालमा भ्युज बढाउने होडबाजीले पत्रकारिताको मर्यादा घटाएको, त्यसैले तथ्यपरक, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण आवश्यक भएको बताए। आगामी निर्वाचनको समयमा कुनै पनि राजनीतिक दलको प्रभावमा नपरी आचारसंहिता पालन गर्नुपर्नेमा पनि जोड दिइयो।

कार्यक्रमका सहभागीहरूले राससलाई आगामी दिनमा विश्वसनीय, प्रविधिमैत्री र परिष्कृत राष्ट्रिय समाचार एजेन्सीको रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...