निर्वाचन सुरक्षाका लागि ७९ हजारभन्दा बढी नेपाली सेना परिचालन

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनपूर्व सुरक्षा योजनाअनुसार देशभर ७९,७२७ जना सेना फिल्डमा खटिएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना तेस्रो घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै गस्ती र सुरक्षा ड्युटी गर्नेछ। संवेदनशील क्षेत्र र मतदानस्थलमा संयुक्त गस्ती पनि गरिनेछ।

Navadurga sun

निर्वाचन अवधिमा सेना हवाई गस्तीमा सक्रिय रहनेछ। सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर स्ट्यान्डबाइ राखिएको छ। विकट तथा अतिसंवेदनशील क्षेत्रमा मतपेटिका र मतपत्र ढुवानीमा पनि हेलिकप्टर प्रयोग गरिनेछ।

यसैगरी, निर्वाचन विथोल्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली तैनाथ गरिएको छ। विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा पनि नेपाली सेनाले लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...