अख्तियारद्वारा बझाङको विद्यालय भवन निर्माणमा अनियमितता आरोप, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Ganyapdhura gau

आसन्न बुधबार आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै ३ तले १२ कोठे नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षबीचको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढी नापी किताब र बिल तयार गरी भुक्तानी लिइएको पाइएको छ । नभएको कामलाई समेत भएको देखाई रकम निकासा गरिएको तथा सामाजिक सुरक्षा कर, बहाल करलगायत आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पुर्‍याइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

मुद्दा दायर गरिएकाहरूमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, तत्कालीन प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट रहेका छन् । उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिवानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

Couple
Loading...