आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

Navadurga sun

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...