१४८ जना अपांगता भएका व्यक्तिलाई घर दैलोमा कोरोना खोप

धनगढी,२१ असोज– पूर्ण अशक्त र अति अशक्त अपांङगता व्यक्तिहरुलाई सरकारले खोप लगाउन बेवास्ता गरेपछि १४८ जना अपांगता भएका व्यक्तिलाई घर दैलोमा गई कोरोना खोप लगाइएको छ । कोर्डरेड, लुथरन विश्व फेडरेसन नेपाल दिगो विकास समाज भजनी र सर्वाङिण अपांगता विकास समाज नेपाल के सयुक्त साझेदारीमे विहीबार घरदैलो अभियान गरी खोप लगाएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

कोरोना विरुद्धको खोप धनगढी उप महानगर पालिकाका १५ वडा, मानव सेवा आश्रम, दृिष्ट फाउन्डेसनमा रहेका असहाय अपांगता नागरिक लगायत १४८ जनाको घर दैलो खोप सफलता पूर्वक सम्पन्न गरिएको छ । धनगढी उपमहानगरपालिकाको चार वडामा निरन्तर अभियान संचालन भइरहेकोले करिब २०० अपांगता नागरिक यो अभियानबाट लाभान्वित हुने सर्वाङिण अपांगता विकास समाज नेपाल धनगढी कैलालीका कार्यकारी निर्देशक नन्दराज भट्टले बताए ।

Navadurga sun
Godawari sandesh

उक्त खोप अभियानको असोज १९ गते धनगढी उप महानगरपालिका कार्यालय स्वास्थ्य शाखाको समन्वयमा धनगढी उप महानगरपालिकाका नगर उप प्रमुख सुशीला मिश्र भट्ट र कोरोना सम्पर्क प्रमुख लक्ष्मी उपाध्यायद्वारा सुरुवात गरिएको थियो ।

Couple
Loading...