अत्तरियामा सम्पन्न सृजनशील गोदावरी सांस्कृतिक महोत्सवबाट ५ लाखभन्दा बढी नाफा

अत्तरिया- कैलालीको अत्तरियामा सञ्चालित सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । अत्तरियास्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गतेदेखि पुस २१ गतेसम्म महोत्सव सञ्चालन गरिएको थियो ।

Dadeldhura hospital

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबले महोत्सवबाट ५ लाख २३ हजार ३१९ रुपैयाँ खुद नाफा भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष नर बहादुर राईका अनुसार महोत्सवबाट टिकट बिक्री, स्टल, रमाइलो मेला तथा प्रायोजकमार्फत १ करोड ४ लाख ६९ हजार ६५० रुपैयाँ आम्दानी भएको थियो ।

Navadurga sun
Godawari sandesh

महोत्सव सञ्चालनका क्रममा विभिन्न शीर्षकमा ९५ लाख ९० हजार २७६ रुपैयाँ खर्च भएको र टिकट बिक्रीको ५ प्रतिशत रकम सामाजिक कार्यका लागि छुट्याइएकाले खुद आम्दानीमा केही कमी आएको अध्यक्ष राईले बताए ।

क्लबले आगामी दिनमा सामाजिक तथा सांस्कृतिक गतिविधिमा उक्त नाफा खर्च गर्ने जनाएको छ ।

Loading...