कैलाली–५ : काँग्रेस उम्मेदवार शाहको सचिवालय उद्घाटन

धनगढी- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी चहलपहल बढेको छ । नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) ले पार्टी कार्यालयमै सम्पर्क कार्यालय तथा सचिवालय सञ्चालनमा ल्याएका छन् ।

Dadeldhura hospital

शुक्रबार हिन्दु परम्पराअनुसार पूजा–पाठ गर्दै सचिवालयको उद्घाटन गरिएको हो । कार्यक्रममा विपी कोइरालाको तस्बिरमा माल्यार्पण, ब्यानर उद्घाटन तथा रिबन काटिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

उद्घाटन कार्यक्रममा काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो । उम्मेदवार शाहले निर्वाचन आचारसंहिता पालना गर्दै सभ्य र अनुशासित प्रचार–प्रसार गर्न आग्रह गरे । उनले जनताको विश्वास जित्ने राजनीति आफ्नो लक्ष्य रहेको बताए ।

सचिवालयलाई चुनावी अभियानको मुख्य केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ । कैलाली–५ मा चुनावी प्रतिस्पर्धा कडा बन्दै गएको छ ।

Loading...