


कञ्चनपुर- बेदकोट नगरपालिकाको १८ औँ नगर सभा आज सोमबार भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ । नगरको सर्वाङ्गीण विकास, जनमुखी योजना निर्माण तथा समृद्ध बेदकोट निर्माण गर्ने उद्देश्यका साथ आयोजित उक्त नगर सभामा विभिन्न महत्त्वपूर्ण नीति, कार्यक्रम तथा प्रस्तावहरू छलफलसहित पारित गरिएको छ ।



नगर सभामार्फत नगरवासीको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखी दीर्घकालीन विकासका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।


यस महत्वपूर्ण अवसरमा नगर सभालाई सफल बनाउन अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा नगरवासीहरूप्रति बेदकोट नगरपालिका हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।





