बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अत्तरिया, १९ असाेज– बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका–१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियाबाट नियन्त्रणमा लिएको छ।

Loading...