अत्तरिया महोत्सवमा आज पशुपति शर्मा सहित कलाकारहरूको बेजोड प्रस्तुति रहने

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी  सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ ।

“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

Navadurga sun
Godawari sandesh

महोत्सवको एघारौं दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Dadeldhura hospital

महोत्सवमा आज शनिबार गायक पशुपति शर्मा, गायिका शान्ति श्री परियार, गायक टेक बिसि, डान्सर दुर्गा भट्ट लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।

आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।

यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

पुस ९ गते देखि संचालित महोत्सव २ दिन थप गरी अब महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Loading...