कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

कैलालीको धनगढी उपमहानगरपालिका–७ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३६ हजार ७५० मूल्य बराबरको सामान बरामद गरिएको हो । उक्त मूल्य बराबरको चिनी, बिडी, सावुन, सरप, दाल लगायतका सामान वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजार २२० बराबरको सामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुरबाट भन्सार छलीका तरकारी, मिठाई लगायतका सामान वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...