मौसमको असर: जी बब शनिबार आउन सकेनन्, आइतबार प्रस्तुति हुने, दर्शकहरूको उल्लेख्य घुइँचो

अत्तरिया- अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा दर्शकहरूको उल्लेख्य घुइँचो देखिएको छ । टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीका अनुसार शनिबारसम्म करिब ९ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन्।

Dadeldhura hospital

शनिबार चर्चित र्यापर जी बबको प्रस्तुति तय गरिएको भए पनि मौसम खराबीका कारण फ्लाइट अवतरण हुन नसक्दा कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । यस असुविधाप्रति आयोजक टोलीले दर्शकहरूसँग क्षमायाचना गर्दै र्यापर जी बबको प्रस्तुति आइतबारका लागि सारिएको जानकारी दिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

आइतबार र्यापर जी बबसँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

र्यापर जी बबले पनि मौसमको खराबीका कारण अत्तरियामा उपस्थित हुन नसकेको बताउँदै भिडियो सन्देशमार्फत जानकारी गराएका छन् । उनले आइतबार उपस्थित भई दर्शकलाई भरपूर मनोरञ्जन दिने वाचा गरेका छन् ।

Loading...