कञ्चनपुर- कञ्चनपुरमा १६ लाख ६२ हजारको भन्सार छलीको अवैध सामान नियन्त्रणमा लिइएको छ ।




जिल्लाको भीमदत्त नगरपालिका–४ भगतपुर र दोधारा चाँदनी नगरपालिका–९ देउरालीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख ६२ हजार मूल्य बराबरको कुर्षी, किराना लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।


उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।




