कैलालीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

कैलाली- कैलालीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

घोडघोडी नगरपालिका–२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३–००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत स्थानीय ८ वर्षीय गोबिन्द बिष्टको मृत्युु भएको हो ।

विद्यालयबाट बिदा भएर बसमार्फत घरतर्फ ल्याइएका बालक घरदेखि करिब तीन सय मिटर टाढा पूर्व–उत्तर दिशामा बसबाट झर्ने क्रममा बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Loading...