कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु। १,१२,००० बराबरका सामानहरू प्रहरीले बरामद गरेको छ।

godawari 5
godawari 5_1
Golabari

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले भिमदत्त नगरपालिका–३ भासी, भिमदत्त नगरपालिका–४ बसपार्क क्षेत्र तथा गोबरिया क्षेत्रबाट वेबारिसे अवस्थामा ती सामानहरू फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
godawari 5_2

बरामद गरिएका सामानहरूमा चिनी, खानेतेल, बुद्धिचाल खेल, चेस खेल्ने गोट्टी, चेस खेल्ने पेपर तथा विभिन्न प्रकारका हार्डवेयर सामग्री रहेका छन्। ती सामानहरू भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...