कैलालीको रामजानकी सामुदायिक वनमा छाउरा सहित चितुवा फेला 

Dadeldhura hospital

धनगढी, १४ असाेज- कैलालीमा छाउरा सहित चितुवा भेटिएको छ। घोडाघोडी नगरपालिकामा २ वटा छाउराका साथमा चितुवा भेटिएको हो। वडा नम्बर ११ स्थित श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले जानकारी दिए।

घोडाघोडी क्षेत्रमा छाउरा सहित चितुवा देखिएको यो पहिलो पटक रहेको सब डिभिजन वनका कर्मचारी जुगराम चौधरीले बताए। वन क्षेत्रले भरी पुर्ण रहेको सो क्षेत्रमा चितुवा,बाघ ,घोरल ,निल गाई लगायतका जनावरहरु ओहोरदोहोर गर्ने गरेको सब डिभिजन वन कार्यलयका प्रमुख समीर थापाको भनाई छ।

Loading...