दार्चुलाको छाङरु–तिङ्कर गाउँमा २५ वर्षपछि नेपालकै बाटो सञ्चालन

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत पर्ने छाङरुतिङ्कर गाउँका सौका समुदायका लागि २५ वर्षपछि नेपालकै बाटोबाट सदरमुकाम खलङ्गा जाने सुविधा पुनः उपलब्ध भएको छ । छाङरु भारतसँगको सीमा जोड्ने गाउँ हो भने तिङ्कर चीनको ताक्लाकोट सीमा जोड्छ ।

सन् २०५७ (२५ वर्ष अघि) सम्म नेपालबाट दार्चुला सदरमुकाम खलङ्गा आउन घोडेटो बाटो खुला थियो । तर त्यसपछि बाटो बिग्रिँदा स्थानीयहरूले भारतको बाटो प्रयोग गर्न बाध्य भएका थिए । यस कारण सौका समुदायका अधिकांश ‘कुन्चा’ भारतको बाटो हुँदै खलङ्गा ल्याइन्थे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

हाल संघीय सरकारको बजेट र व्यास गाउँपालिकाको सहयोगमा २९ किलोमिटर लामो घोडेटो बाटो निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा व्यास गाउँपालिका २, तम्बाकु क्षेत्रमा ७२० मिटर र चालु आर्थिक वर्ष २०८२/८३ मा आतुङ्ती–कल्जु भिरमा ३०० मिटर बाटो निर्माण गरिएको थियो । बाँकी निर्माण कार्य निर्माण कम्पनी मिसन–देवहरि जेभीले सम्पन्न गरेको छ। नेपाली सेनाले घोडेटो बाटो निर्माणमा विशेष भूमिका निर्वाह गरेको छ ।

छाङरुका स्थानीय योगेशसिंह बोहोराले बताए अनुसार, अब सौका समुदायका ‘कुन्चा’ सजिलै नेपालकै बाटो भएर सदरमुकाम खलङ्गा ल्याउन सकिन्छ । संघीय सरकारले ५ करोड ५० लाख र व्यास गाउँपालिकाले ५० लाख खर्च गरेर बाटो निर्माण गरेको हो ।

यस बाटोको सञ्चालनपछि सौका समुदायका लागि आवत–जावत सरल बनेको छ भने नेपालको सीमाभित्रै रहेर सदरमुकामसँगको पहुँच सुनिश्चित भएको छ ।

Loading...