गोदावरीमा काँग्रेसको अधिबेशनको सरगर्मी फेरी बढ्न थाल्याे

अत्तरिया, १३ असाेज– नेपाली कांग्रेसले कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । सुची सार्बजनिक भएपछि जिल्लामा अधिबेशनको सरगर्मी फेरी बढ्न थालेकाे हाे । यस अघि क्रियाशील सदस्यताको सूचीमा नाम सार्वजनिक नहुँदा अन्योल बनेको थियो । त्यस्तै गोदावरीमा पनि स्थानिय नेता कार्यकर्ताहरुले फेरी क्रियाशील सदस्यहरु सँगको भेटघाटलाई तिब्र परेका छन् ।

Dadeldhura hospital

गोदावरीका कुनै पनि वडामा अहिले सम्म सहमती भएको छैन । सबै वडा दुई प्यानल कृयाशिल रहेका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक भएपछि दुबै पक्षहरु आ–आफ्नो लबिङमा जुटेका छन् । सबै वडामा जित हासिल गर्न दुबै पक्ष लागेका छन् । गोदावरीमा पूर्व सभापती दिर्घराज भाट पक्षिय समुह र महासमिती सदस्य लक्ष्मीराज पाठक समुह अलग–अलग प्रचार प्रसारमा जुटेका छन् ।

Navadurga sun
Godawari sandesh

पूर्व राप्रपा सुनिल थापा काँग्रेस प्रबेश र समता पार्टीको नाममा अलगै सुची निर्णय बिपरित पठाइएको भएपनी उनिहरुको नाम हिजो सार्बजनिक गरिएको सदस्यता सुचीमा आएको छैन । त्यसैले पनि अधिबेशनको रौनक यस क्षेत्रमा अझै बढेको छ ।

कैलाली क्षेत्र नम्बर ४ चुरे,गोदावरी र गौरीगंगामा क्रियाशील सदस्यको सँख्या झन्डै ३ हजार चार सय रहेको छ । क्रियाशील सदस्यताको नामावली सार्बजनिक भएपनी वडा अधिबेशनको मिति भने अझै तोकिएको छैन । कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

Loading...