लम्की र दोधारा चाँदनीबाट भन्सार छलि ल्याइएका सामान प्रहरीले लियो नियन्त्रणमा

Dadhaldhura pur

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित माछापुच्छ्रे बैंक नजिकबाट भारतबाट अबैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ करिब ५:४० बजे इलाका प्रहरी कार्यालय लम्कीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामाग्रीमा चिनी र सुर्ती लगायतका सामान रहेका छन्, जसको मूल्य करिब ३८ हजार ८०० रुपैयाँ बराबर रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ganyapdhura gau

यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ बुद्धविहार नजिकको भित्री सडकबाट पनि भारतबाट अबैध रूपमा ल्याइएका कृषि सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो ४ बजे खटिएको टोलीले समातेका सामानमा गहुँको बीउ र हरियाली मल रहेका छन्। ती सामग्रीको अनुमानित मूल्य करिब ८० हजार ८८० रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Couple
Loading...