कैलालीबाट विभिन्न मुद्दामा फरार ५ जना पक्राउ

धनगढी- कैलालीबाट विभिन्न मुद्दामा फरार ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकिएको जानकी गाउँपालिका–८ भगरैया बस्ने ३२ वर्षीय दयाराम चौधरी र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेन्द्र चौधरी पक्राउ परेका छन्।

Dadeldhura hospital

यसैगरी चोरी मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीया सृजना कुमाल, लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय प्रकाश राना र सोही बस्ने २९ वर्षीय शिव राना पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Loading...