कञ्चनपुर प्रहरीले  २ लाख मूल्य बराबरको अवैध सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर, ११ असाेज– कञ्चनपुर प्रहरीले २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ गल्ली नं. २ मा भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो ।

गुल्मे किला, पेन्ट, नट बोल्ट, घण्टा(घाट) लगायत विभिन्न हार्डवेयरका सामान गरी अन्दाजी २ लाख ६ हजार ५ सय ७० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएकाे छ ।

Loading...