आत्महत्या गर्ने भन्दै पिलरमा चढेकी महिलाको प्रहरीद्वारा उद्धार

कञ्चनपुर, १० असाेज– कञ्चनपुरमा आत्महत्या गर्ने भन्दै महाकाली नदिमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको पिलरमा चढेकी एक महिलाको प्रहरीद्वारा उद्धार गरिएकाे छ ।

Dadeldhura hospital

मानसिक अवस्था ठिक नभएकी महिला आज भीमदत्त नगरपालिका तर्फको तेस्रो अग्लो पिलरको टुप्पोमा चढेकी थिइन् । मोबाइल समेत बोकेर गएकी उनी फोनमार्फत हाम फाल्नै भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन् । आफन्तहरू आएपछि उनलाई ललाई फकाइ पिलरबाट तल झारिएको असई प्रताप बहादुर थापामगरले बताए ।

Navadurga sun
Godawari sandesh

ती महिलालाई दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली सहित आफन्तको जिम्मा लगाएको थापामगरले जानकारी दिए ।

Loading...