भीम रावल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि पनि एमालेले कुनै क्षति व्यहोर्नुपर्दैन : नेता अधिकारी

धनगढी– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउने कुरामा शंका नभएको धारणा व्यक्त गरेका छन ।

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको बताएका हुन् ।

Navadurga sun
Godawari sandesh

उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए । ‘२०३६ सालदेखि अहिलेसम्म म एमालेको पूर्णकालीन कार्यकर्ता हो । कुनै पेशा व्यवसायमा छैन । मेरो अनुभवले के बताउँछ भने नेकपा एमालले वर्तमान नेतृत्वलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउँछ । त्यसमा कुनै शंका छैन,’ अधिकारीले भने, ‘त्यसो भएन भने पनि हामी स्वस्थ प्रतिस्पर्धामै हुन्छौँ । त्यसले पार्टीलाई कुनै नोक्सान गर्दैन् । सबैलाई आकलन गरेर वर्तमान नेतृत्वलाई निरन्तरता दिन्छ ।’

असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे । ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताए ।

Dadeldhura hospital

अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएका उनको भनाई छ । एमाले छाडेर मातृ भूमी अभियान चलाइरहेका नेता भीम रावल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि एमालले कुनै क्षति व्यहोर्नु नपर्ने उनी बताउँछन् ।

रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालले व्यर्होनुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने उनको दाबी छ । सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक गरिएको उनले बताए ।

असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधिश प्रधानमन्त्री बनेर युवाका माग हाईज्याक र मुलुकलाई कमजोर बनाउने खेल भएको अधिकारीले बताए ।

‘संविधानले सर्वोच्चका न्यायाधिश मानव अधिकार बाहेक कतै पनि नियुक्त हुन नमिल्ने व्यवस्था गरेको छ । तर अहिले प्रश्न गर्ने व्यक्ति सञ्चार मन्त्री, व्याख्याको पर्नःपुष्टि गर्ने व्यक्ति प्रधानमन्त्री भएर संविधानको खिल्ली उडाइएको छ,’ अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’

सोही कारण संसद पुनःस्थापना गरेर भएपनि एकपटक प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक व्यवस्था गरेर अघि बढ्नुपर्ने र देशलाई निकास दिने पक्षमा एमाले रहेको उनको भनाइ रहेको थियो ।

Loading...