कञ्चनपुरवाट प्रधानमन्त्री देउवालाई एमसीसी खारेजीको माग गर्दै ज्ञापन पत्र





कञ्चनपुर, १० असाेज- एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सचेत युवा नागरिक समुहले नेपालमा अमेरिकि सहयोग एमसिसि राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता र अखण्डता माथि घातक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।


एमसीसी सम्झौता नेपाल र नेपालीका लागि ठूलो घातक भएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत युवा नागरिक समुहले ध्यानाकर्षण पत्र पेश गरेकाे बताएको छ । एमसीसी कार्यान्वयन सम्झौता खारेजी माग गर्दै उनीहरूले शनिवार कंचनपुरमा मोटरसाइकल र्याली निकालेको थियो ।



