दार्चुलाको लेकममा बनेको टेलिकमको टावर सञ्चालनमा आएन

दार्चुला- दार्चुलाको लेकम गाउँपालिकामा निर्माण भएको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छैन। निर्माण सम्पन्न भएको करिब ६ महिना हुँदासमेत टावरमा आवश्यक उपकरण जडान नहुँदा सञ्चालन नभएको हो।

Ganyapdhura gau

लेकम गाउँपालिका-१ सर्मोली (कोटस्थित) नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा स्थानीयले गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन्। टावर निर्माण सम्पन्न भएको ६ महिना भइसकेको छ, तर टेलिकमले बेवास्ता गर्दा टावर अहिलेसम्म सञ्चालनमा नआएको लेकम गाउँपालिकाका स्थानीयहरूको गुनासो छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

टेलिकमको टावर सञ्चाचलन नहुँदा पानी परेको बेला, तथा रातिको समय फोन र नेट नचल्ने समस्या रहेको छ। दिनमा समेत फोन नलाग्ने र कुराकानी गरेको नसुनिने समस्या छ।

नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा ल्याउन ध्यान नदिएको सर्वसाधारणको गुनासो छ। तर नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले टावर छिट्टै सञ्चालनमा ल्याउने बताए। उनले अहिले मालिकार्जुन गाउँपालिकामा रहेको टावर सञ्चालन गर्न उपकरण जडानको काम भइरहेको बताएका छन्।

मालिकार्जुन टावरको काम सकिनासाथ लेकमको टावरमा उपकरण जडान गरिने गुरुङले बताए। उनले ढिलोमा मंसिर १५ गतेभित्र लेकम-१ सर्मोलीको टावर सञ्चालनमा ल्याउने बताएका छन्। 

Couple
Loading...