कैलालीमा नगदसहित ६ जना जुवाडे पक्राउ

कैलाली- कैलालीमा ६ जना जुवाडे पक्राउ परेका छन्।

Dadeldhura hospital

कैलालीको भजनी नगरपालिका–१ भजनी बजार स्थित सोही ठाउँ बस्ने ४४ वर्षीय राजु चौधरीले संचालन गरेको मोनिस्का होटल भित्र जुवातास खेली रहेका छन भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा होटलको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक राजु चौधरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

उनीहरुलाई नगद ८३ हजार र २ गड्डी ताससहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति १ः३० बजे पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Loading...