
दार्चुला- दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलासँग सीमा जोडिएको तावाघाट भन्दा १० किलोमिटर टाढा भारतीय क्षेत्रलाई केन्द्र बिन्दु बनाएर बिहिबार राति १० बजेर ४० मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाले बताए ।



सीमावर्ती भारतीय क्षेत्रमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हुनाले दार्चुलामा पनि भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको बताइएको छ । नेपालको पश्चिमी क्षेत्रमा भूकम्पीय जोखिम कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् ।




