दार्चुलामा महाकाली कोरिडोरअन्तर्गत ३० किलोमिटर सडक कालोपत्रे कार्य सुरु

दार्चुला- दार्चुला जिल्लामा महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) अन्तर्गत ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सडकलाई तीन प्याकेजमा विभाजन गरी ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माणको काम तीव्र रूपमा अघि बढाइएको सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैसीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

सलेती–बेतखण्ड १२.३ किलोमिटर र खलङ्गा–सुन्सेरा १८.५ किलोमिटर सडकमा निर्माण कार्य भइरहेको छ। सलेती–बेत खण्डको काम राजेन्द्र निर्माण सेवाले र खलङ्गा–सुन्सेरा खण्डको काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेका छन्।

हाल सलेती–बेत सडकखण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडकखण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडकखण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ भने बजेट न्युन भएको जनाइएको छ।

Couple
Loading...