मुख्यमन्त्री बनेको ४ बर्षपछि पहिलो पटक दोधारा चाँदनी पुगे भट्ट

अत्तरिया, ९ असाेज- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री भएको चार वर्ष पछि पहिलो पटक दोधारा चाँदनी पुगेका छ्न । उनले शनिबार महाकाली पारीको दोधारा चाँदनी क्षेत्रको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री भएपछि पहिलो पटक दोधारा चाँदनी पुगेका उनले महाकाली नदिमा निर्माण भईरहेको निर्माणाधीन चारलेनको पक्की पुलको समेत अवलोकन गरेका छ्न ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

साथै बिहान झुलुंगे पुलबाट दोधारा चाँदनी पुगेका उनले सुख्खा बन्दरगाहका लागि प्रस्तावित स्थान मायापुरी र गौरीशंकर सामुदायिक वनक्षेत्र र नगर क्षेत्रमा निर्मँणाधीन अवस्थामा रहेको चक्रपथको समेत अवलोकन गरेका हुन ।

यसैगरि मुख्यमन्त्री भट्टले वडा नं. ८ सुन्दरनगरमा पक्की पुल निर्माण हुने स्थान, वडा नं. ७ कञ्चनभोजमा निर्माण भएको पक्कीपुल र जोगबुडा पारी रहेको कञ्चनभोजको वस्तीको समेत अवलोकन गरेका छन् ।

‘पहिलो पटक यहा “ पुगेको छु, यहाँका समस्या प्रत्यक्ष देखे,’ उनले भने, ‘प्रदेश सरकारका आवश्यक योजना ल्याउन पहल गर्नेछु ।’

मुख्य मन्त्री भएका ४ वर्षसम्म दोधारा चाँदनीतर्फ कुनै पनि चासो नदेखाएका उनले कार्यकाल सकिनै लाग्दा दोधराचाँदनी पुगेका हुन् । उनले महाकाली नदी किनारको तटबन्ध संगै मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत गरिएको मसला खेति र उद्योगको पनि अवलोकन गरेका थिए ।

Loading...