प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भूपेश जोशी निर्वाचित

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षमा भूपेश जोशी निर्वाचित भएका छन् ।

पुस्तकालयको आइतबार भएको निर्वाचनबाट प्रतिद्धन्दी दीर्घराज भट्टलाई ७८ मतले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । भट्टले ९६ मत पाउँदा जोशीले १७४ मत पाए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार यज्ञराज हमालले ४८ मत प्राप्त गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी उपाध्यक्षमा १९८ मतसहित नरेन्द्र शर्मा विजयी भएका छन् । प्रतिद्धन्दी टेकराज भट्टलाई ९२ मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

संस्थामा ५६५ जना आजीवन सदस्य रहेकोमा ३२५ मत खसेको थियो । सचिवमा धर्म सिंह कुँवर , कोषाध्यक्षमा जयराज फुलारा र सह – सचिवमा हेमन्तराज जोशी निर्विरोध यस अघि नै सर्वसम्मत चयन भइसकेका छन् ।

त्यस्तै सदस्यहरुमा पनि शेरसिंह खड्का, रामचन्द्र जोशी, तपराज ओझा र खिमादेवी ओझा यस अघि नै चयन भैसकेका छन् । अन्य पदमा सहमति भएपनि अध्यक्ष र उपाध्यक्षमा सहमति नभएपछि निर्वाचन भएको थियो ।

Loading...