कैलाली र कञ्चनपुरबाट २२ जना जुवाडे नगदसहित पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट २२ जना जुवाडे नगदसहित पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक न.१२ स्थित जनक शाहको घरमा जुवा तास खेलीरहेका टीकापुर नगरपालिका–१ बस्ने ५८ वर्षीय जनक शाहसहित १० जना पक्राउ परेका छन् । उनीहरुलाई नगद १ लाख १३ हजार ६ सयसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ देबिस्थान स्थित डम्बर दमाईको स्टोर कोठाबाट तास खेलीरहेका सोही ठाँउ बस्ने दलबहादुर दमाईसहित ४ जना पक्राउ परेका छन् ।

यी चार जनालाई नगद २१ हजार ८७५ र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल स्थित दिनेशबहादुर बमको नास्ता पसलबाट बमसहित ८ जनालाई नगद ३० हजार ९३५ र २ गड्डी ताससहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...