पश्चिमी वायुको प्रभाव, देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

Navadurga sun

आज राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र कोशी तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...