कुटपिटबाट घाइते भएका युवकको मृत्यु, ३ जना पक्राउ

धनगढी- नेपाली सेनाका जवानसहितका स्थानीय युवाको कुटपिटबाट घाइते भएका युवकको मृत्यु भएको छ । स्थानीय युवकको समूहबाट कुटपिट भएका जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाको सोमबार मृत्यु भएको हो ।

Dadeldhura hospital

आइतबार राति गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगितामा भएको विवादको विषयलाई लिएर भएको भनाभनमा उनलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

घरबिदामा आएका सेनाको ईन्द्रध्वज गण सिन्धुपाल्चोकमा कार्यरत सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका अभिशेकको बझाङमा उपचार हुन नसके पछि धनगढी लगिएको थियो ।

धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको थियो । ‘गत वर्ष भलिबलमा भएको विवाद र अरु पुरानो रिसइबीका कारण कुटपिट भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी खगेन्द्र धमलाले भने, ‘लठ्ठीले टाउकोमा प्रहार गर्दा मृतकलाई गम्भीर चोट लागेको रहेछ ।’ कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Loading...