विद्युत् महसुल घटाउने तयारी, गार्हस्थ्य र उद्योगलाई राहत दिने लक्ष्य

काठमाण्डौ‌- नेपाल विद्युत् प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई राहत दिने तथा उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यले विद्युत् महसुल पुनरावलोकन प्रक्रिया सुरु गरेको छ। 

यसका लागि सञ्चालक समितिले अंशु किरण शाहीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ। समितिले हालको महसुल दरको समीक्षा गरी १५ दिनभित्र नयाँ दर संरचना सहितको प्रतिवेदन पेश गर्नेछ।

Navadurga sun

यस निर्णयको उद्देश्य विद्युत् खपत बढाउने, वर्षायाममा खेर जाने विद्युतको अधिकतम उपयोग गर्ने तथा उद्योगको उत्पादन लागत घटाउन सहयोग पुर्‍याउने रहेको छ। साथै, विगतका खरिद तथा सञ्चालन परियोजनासम्बन्धी उजुरीहरूको अध्ययन गर्न अर्को छानबिन समिति पनि गठन गरिएको छ। नयाँ महसुल संरचनाले आगामी दिनमा विद्युत् शुल्क घट्ने अपेक्षा गरिएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...