जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धको मृत्यु

कञ्चनपुर- जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए । ‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने ।

Navadurga sun
Godawari sandesh

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो। शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ। रासस

Couple
Loading...