टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपालको शानदार जित

कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ।बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो।

जितसँगै नेपालले अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो।

Navadurga sun

१५ औँ ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै कुवेतलाई दबाबमा राखेका थिए। सो ओभरमा सन्दीपले मेडन विकेट आफ्नो नाममा गरेका थिए। कुवेतमाथि जित निकाल्न सन्दीपसहित कप्तान रोहित पौडेल र ललित राजवंशीले समान २ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले बनाएको २६ रन नै सर्वाधिक रह्यो। यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। त्यसअघि ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट हुन पुगे भने गुल्सन झा २० रन बनाउँदा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए।

कप्तान रोहित पौडेल पनि १६ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसबाहेक सन्दीप जोराले ५ र कुशल मल्लले ४ रन मात्र बनाए। सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे।

नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो। कुवेतका लागि नवीनराज राजेन्द्रनले २ विकेट लिए। मोहम्मद आकिफ फारुक, अनुदिप र मोहम्मद अस्लामले समान एक विकेट आफ्नो नाममा गरे।

नेपाल रहेको समूह ‘बी’मा कुवेत र जापान पनि छन्। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

यो छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। यीमध्ये हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्। समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...