यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुल्ला

Dadeldhura hospital

काठमाडौ, ६ असाेज– यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ ।

गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।

Couple
Loading...