नेकपामा समाजदीमा सनाखत गरेकी वडा सदस्य बादी एमालेमै

अत्तरिया, ६ असोज– नेकपा (एकीकृत समाजबादी) रोजेकी कैलालीको गोदावरी नगरपालिका– ३ की वडा सदस्य कलावती बादीले आफू एमालेमै रहेको बताएकी छिन । बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई झुक्याएर एकीकृत समाजवादीमा लगिएको भएपनि आफू अहिले एमालेमै फर्किएको बताएकी हुुन ।

Ganyapdhura gau
Dadeldhura hospital

उनले यसअघि एमाले विभाजन पछि एकीकृत समाजवादी दल रोज्न दिएको समयमा निर्वाचन कार्यालयमा गएर एकीकृत समावादीमा सनाखत गरेकी थिइन् । वडा सदस्य बादीले भने पढ्न लेख्न नआउने भएकाले आफूलाई झुक्याएर एकिकृत समाजवादी प्रवेश गरेको कागजमा हस्ताक्षर गराएको दावी गरेकी छिन ।

Navadurga sun
Godawari sandesh

उनीसगैं एकीकृत समावादी रोजेकी रामपती थरुनीले भने आफूले अहिले कुनै निर्णय नलिएको बताईन् । पत्रकार सम्मेलनमा अपस्थित भएपनि रामपतीले २/३ दिनमा सोचेर आफूले निर्णय लिने भन्दै थप प्रतिक्रिया दिन मानीनन् ।

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको नयाँ दल रोज्न समय दिएको थियो । सो समयमा गोदावरीका उपप्रमुख, २ वडा अध्यक्ष सहित ६ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका थिए । सनाखतको समय भाद्र २२ गते सकिएको थियो ।

Couple
Loading...