सुदूरपश्चिम समाज दक्षिण कोरियाको महासचिवमा योगेश बोहरा चयन
धनगढी, ६ असाेज- सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औं अधिबेशनमा योगेश बोहरा महासचिवमा चयन भएका छन्।




मंगलबार गरिएको नयाँ कार्यसमितिमा बोहरा महासचिवमा चयन भएका हुन् । सुदूरपश्चिम समाज दक्षिण कोरियाको १४ औं अधिबेशनमा बोहरा सचीव र १३ औं अधिवेशनमा कैलालीको संयोजक भएका थिए ।


मंगलबार सुदूरपश्चिम समाज दक्षिण कोरियाको भुर्चअल प्राविधिबाट भएको १५ औं अधिबेशनमा यज्ञमान नायकको अध्यक्षतामा जिल्ला संयोजक सहित २५ सदस्यिय निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
बरिष्ठ उपाध्यक्षमा महेश महरा, उपाध्यक्षमा जनक बहादुर बिष्ट, दिपेन्द्र रोकाया, महेश भट्ट, महासचिवमा योगेश बोहोरा, सचिवमा अमर भट्ट, रेवन्त रावल, कोषाध्यक्षमा टेकराज पनेरु र सह कोषाध्यक्षमा टंकेश्वर खडका चयन भएका छन् । यस्तै सदस्यमा जगदिश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी,कुमार काफ्ले र हरिश बिष्ट चयन भएका छन् ।
अधिवेशनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला संयोजक चयन पनि गरेको छ ।




