देशभर थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

Dadeldhura hospital

काठमाडौं, ४ असोज- पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

Ganyapdhura gau

पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

Couple
Loading...