

अत्तरिया- कैलालीको गोदावरीबाट ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ स्थित विजयनगरमा केशरसिंह गुरुङको घरमा जुवातास खेलिरहेका ९ जना आज दिउँसो पक्राउ परेका हुन् ।



पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का ६६ वर्षीय घरधनी गुरुङ, ४२ वर्षीय निरज शाह, ४१ वर्षीय खगेन्द्र योगी, गोदावरी–२ का ४० वर्षीय बुद्धी सापकोटा, ३७ वर्षीय नरेश रोकाया, ६३ वर्षीय मिनप्रसाद सिरिस, ४० वर्षीय मानबहादुर ऐरी, वडा नम्बर ४ का ५४ वर्षीय धिर्कबहादुर बम र ४० वर्षीय विजय चौधरी रहेका छन् ।


उनीहरूको साथबाट ३१ हजार तीन सय ७० रुपैयाँ नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





