राजमार्गका १३८ स्थानमा जडान सिसीटिभि क्यामेरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई हस्तारन्तरण

अत्तरिया, ३ असाेज– पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरिएका सिसीटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजमार्गका १ सय ३८ स्थानमा जडान गरेका सिसीटिभि क्यामेरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई हस्तारन्तरण गरिएका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun

आइतबार अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीमा आयोजित एक औपचारीका कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले प्रदेश प्रहरी कार्यालय प्रमुख पुरुषोत्तम कंडेललाई हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री जोशीले प्रदेश सरकार अपराध तथा दुर्घटना न्यूनिकरण अभियान अन्तरगत क्यामेरा जडान गरिएको बताइन् ।

उनले प्रहरीलाई स्रोत साधन सम्पन्न बनाउनको लागि प्रदेश सरकारको आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अन्तरगत १ सय ३८ स्थानमा क्यामेरा जडान गरिएको बताईन् । आगामी आउँदा दिनहरूमा तराईका मुख्य बजार र अपराध हुने ठाउँ लगायत पहाडका बिभिन्न सहरहरुमा चालु आर्थिक बर्षमा पनि कार्यक्रम बिस्तार गरिने कानून मन्त्री जाेशीले बताइन ।

Dadeldhura hospital

उनले क्यामेरा प्रहरीलाई हस्तान्तरण गरिएपनि कुनै क्यामेरामा समस्या आएमा प्रदेश सरकाले मर्मत गर्ने समेत बताइन् ।

सोही कार्यक्रममा मन्त्री जोशीले अत्तरियामा जडान गरिएको मोनिटरको उद्घाटन समेत गरेकी थिईन ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चूडामणी पौडेलले क्यामेरा जडानका लागि २ करोड विनियोजन गरिएको भएपनि ठेक्का प्रक्रियामा जाँदा १ करोड ७१ लाख ३१ हजार २ सय ५२ रुपैयाँमा क्यामेरा जडान गरिएको बताए ।

उनले जडान भएका सिसीटिभी क्यामेरा मध्ये फिक्स सिसीटिभी क्यामेरा १ सय ३१ वटा र घुम्ने क्यामेरा ७ जडान गरिएको बताए । क्यामेरा जडानका लागि १ सय ८ किलोमीटर फाईबर जडान गरिएको छ । जसमा नेपाल विद्युत प्राबिधिकरणका सहित गरेर ९० वटा पोल प्रयोग भएका छन । सिसीटिभी क्यामेराको मनिटरिङका लागि १२ स्थानमा स्टेसन राखिएका छन । त्यसमध्येको महत्तपूर्ण स्टेसन अत्तरियाको रहेकाे हो ।

उनले केही ठाउँमा स्थानिय सरकारले पनि सिसीटिभी क्यामेरा जडान गरेकाले आगमी दिनमा दुवै निकायको समन्वयमा यसलाई अगाडी बढाउनु पर्ने बताए । उनले जडान गरिएका सिसीटिभी क्यामेरा बत्ती गएको समयमा काम नगर्ने भएकाले क्यामेराको पावर ब्याकअपका लागि स्थानिय सरकारको पनि सहयोगको आवश्यक रहेको बताए ।

प्रदेश प्रहरी कार्यालय प्रमुख कंडेलले सिसीटिभी क्यामेरा जडानपछि प्रदेश प्रहरीको काम प्रभावकारी हुने बताए । उनले प्रहरी प्रविधि सम्पन्न हुँदै गएपछि मात्रै प्रहरीको कार्यक्षमता अभिवृद्धि र न्यायमा जनताको पहुच बढ्ने बताए ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले गोदावरी भित्र जडान भएका सिसीटिभी क्यामेराको नगरपालिकाले अपनोत्व लिने बताएकी छिन् ।

Loading...